जन सरोकार

संचालनमा आयो कृषि औजार कारखाना, १० किसिमका औजार निर्माण

सरकारले संचालन गर्न नसकेर तीन दशकदेखि बन्द रहेर खण्डहर बनेको वीरगञ्जस्थित कृषि औजार कारखानाले कृषि औजार निर्माण सुरु गरेको छ ।

मुलुकमा विज्ञान प्रविधिको विकासका लागि मरिमेटेर लागिरहेको राष्ट्रिय आविष्कार केन्द्रले काुखाना संचालनको जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।

तयार भएका औजारमा धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन रहेका छन् ।

केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको र यी औजार तथा उपकरणको मूल्य भने निर्धारण नभैसककेको बताउँदै यी उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भन्नुभयो ।

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।

सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाईसञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.