क्रिकेटखेल

हैदराबादलाई पराजित गर्दै कोलकाताले जित्यो आइपिएलको उपाधि

भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतार राति भएको फाइनल खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो ।

कोलकाताले जित्यो आइपिएलको उपाधि

चेन्नईको चेपाक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबाद १८.३ ओभरमा १ सय १३ रनमा अलआउट भयो । हैदराबादका लागि प्याट कमिन्सले २४ रन बनाए भने एइडन माक्रमले २० रन जोडे । त्यस्तै हेनरिच क्लासेनले १६ र नितिस कुमार रेड्डीले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका लागि आन्द्रे रसेलले ३ विकेट लिंदा मिचेल स्टार्क र हर्सित रानाले समान २-२ विकेट लिए भने वैभव अरोरा, सुनिल नारायण र वरुण चक्रवतीले समान १-१ विकेट लिएका थिए । हैदराबादले दिएको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले १०.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको लागि बेंकटेस अय्यरले अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेले भने रहनुल्लाह गुर्वाजले ३९ रन जोड्दा श्रेयस अय्यर ६ रनमा नटआउट रहे । हैदराबादको लागि प्याट कमिन्स र शाहावज अहमदले समान १-१ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.