कर्णालीप्रदेश

विकासको पहिलो पूर्वाधार अझै सडक नै हो : मुख्यमन्त्री कँडेल

राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ ।

यामलाल कँडेल

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सोमबार मन्त्रालयमा गरेको कार्यक्रममा उहाँले कर्णाली र भेरी करिडोर निर्माणाधीन रहेको जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उहाँले स्पष्ट पार्नुभयो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराउनुभयो । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उहाँको भनाइ छ ।

सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउनुहुँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उहाँको जिकिर थियो । अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिनुभयो ।

जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उहाँको निर्देशन छ । बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताउनुभयो । उहाँले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.