जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सप्तरी, ललितपुर, चितवन, सल्यान, झापा र स्याङ्जामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सप्तरी, डाक्नेश्वरी नगरपालिका-९ मुतनीखोलास्थित सडकमा स.७ प ७९७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक राजगढ गाउँपालिका-२बनैनिया बस्ने ६९ वर्षीय अबिराम सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोकस्थित सडकमा ना.८ ख ७५०६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काभ्रे धुलिखेल बस्ने ४० वर्षीया अप्सरा दाहालको सोमबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै चितवन, भरतपुर महानगरपालिका-२९ सत्रकिलोस्थित सडकमा बा.४ ख ९०८६ नम्बरको बस, ना.३ ख ७९१५ नम्बरको ट्रक, ना.७ ख ३२४८ नम्बरको बस र ना.६ ख ८९६८ नम्बरको बस एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा प्युठान नौबहिनी गाउँपालिका-३ बस्ने १३ वर्षीय सोयन पुनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । तीनवटै बस चालकसहित घाइते भएका अन्य २१ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा रहेको छ । उता सल्यान, कपुरकोट गाउँपालिका-३ अरिंगालेफेदीस्थित सडकमा रा.१ ख १९१६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सल्यान छत्रेश्वरी गाउँपालिका-६ बस्ने २६ वर्षीय सुकलाल घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका सहचालकको कान्तिपुर अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको छ । यता झापा, शिवसताक्षी नगरपालिका-९ मिलनचोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री शिवसताक्षी नगरपालिका-९ बस्ने ६० वर्षीय पुत्रथाम राईको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी स्याङ्जा, पुतलीबजार नगरपालिका-१४ आमडाँडास्थित सडकमा ग.२० प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ घुम्तिंमा डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ३५ वर्षीय सुनिल कुमार शाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल स्याङजा हुँदै मणिपाल अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.