जन सरोकार

मृत अवस्थामा नौ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट नौ जना फेला परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा डेरा गरी बस्ने धनकुटा साइपाभुमी गाउँपालिका-२ घर भएकी ४६ वर्षीया मिना आले राई आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै चितवन, इच्छाकामना गाउँपालिका-६ कालिखोला पञ्चदेवी मन्दिरस्थित त्रिशुली नदी किनारमा सोही गाउँपालिका-६ पानगढी घर भई इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजार बस्ने १८ वर्षीय रवि गुरूङ सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै दाङ, गढवा गाउँपालिका-५ बस्ने हनुमान चौधरीको छोरा १४ वर्षीय विवश चौधरी सोही ठाउँस्थित पर्सिया झरवा कुलोको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता मोरङ, विराटनगर महानगरपालिका-८ बलुवाहीस्थित सत्यनारायण साहको खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मोरङ, कटहरी गाउँपालिका-५ बस्ने धर्म झागरको छोरी ८ वर्षीया पृती झागर
सोही ठाउँस्थित सुखानी खोलाको पानीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता धादिङ, बेनिघाटरोराङ गाउँपालिका-१० बाँदरेमोडस्थित सडकको नालीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै खोटाङ, ऐसेलुखर्क गाउँपालिका-६ नेपाने तामाङटोल बस्ने ८३ वर्षीया टिकामाया तामाङ सोही ठाउँस्थित मकै बारी नजिक बाटोमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता मोरङ, केराबारी गाउँपालिका-९ बस्ने ५९ वर्षीय भक्त बहादुर लिम्बु लेटाङ नगरपालिका-२ गारापानी सामुदायिक वनको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । भक्त बहादुर र उनकी श्रीमती बिष्णुमाया लिम्बु मादक पदार्थ सेवन गरी पोखरीमा
नुहाउन गएकोमा भक्त बहादुर पोखरीमा डुबी हराई बेपत्ता भएको र बिष्णुमाया सकुशल रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले भक्त बहादुरको शव फेला पारेको हो ।

त्यस्तै दार्चुला, मार्मा गाउँपालिका-५ मुरै बस्ने २५ वर्षीय झुपा टमटा र सोही ठाउँ बस्ने अम्मर टमटाको छोरा ६ वर्षीय ऐन विक बांस खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित गन्याड खोला तर्ने क्रममा उनीहरूलाई खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.