जल/वातावरण

दैलेखमा एक वर्षीय बालकसहित थप आठजनामा संक्रमण, कुल संक्रमित नौसय ९०

बिहिबार मध्यान्हसम्म नेपालमा कोरोना संक्रमितको संख्या नौ सय ९० पुगेको छ । पछिल्लोपटक कर्णाली प्रदेशको दैलेखमा एक वर्षीय बालकसहित थप आठजनामा कोरोना संक्रमणको पुष्टि भएको पछि सो संख्या थपिएको हो ।

यसअघि प्रदेश २ मा ७६ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

दैलेखका ८ जना कोरोना संक्रमित थपिएसंगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् ।

संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.