अर्थ
आर्थिक वर्ष २०७७/०७८ को बजेट (लाइभ भिडियो)
अर्थमन्त्री डा. युवराज खतिवडाले आज (जेठ १५ गते) संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गरिरहनुभएको छ ।
कोरोना संक्रमणका लागि मात्र नभएर जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउने गरी यस वर्ष स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने बजेटको लक्ष्य छ । यसका लागि १४ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसै गरी महिलाको पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिने नीति बजेटको छ ।
बजेटले व्यवसायमा करछुटको व्यवस्था गरेको छ । उद्योग प्रतिष्ठानहरुमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काललाई सरकारले नै रकम जम्मा गरिदिनेछ भने नेपाली वायुसेवा कम्पनीहरुले हवाई पार्किंग शुल्क छुट तथा करछुटको बन्दोबस्त गरिएको छ ।
https://www.facebook.com/nepaljapanofficial/videos/351395312503390/
प्रतिक्रिया राख्नुहोस्