जन सरोकार

आमाको हत्या गरी छोराद्वारा आत्महत्या

मोरङ, बेलबारी नगरपालिकामा एक छोराले छुरा प्रहार गरी आमाको हत्या गरेका छन् । छोराको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।

आमाको हत्यापछि उनले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.