विश्व समाचार

आँधीका कारण २३ जनाको मृत्यु, टेक्सासका सात लाख मानिस विद्युतविहीन

संयुक्त राज्य अमेरिकाको मध्यभागमा आएको भीषण आँधीका कारण टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामामा चार बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

आँधी र खराब मौसमका कारण मेमोरियल डे सप्ताहन्तमा बिजुली कटौती सामना गर्नुका साथै लाखौंले गम्भीर मौसम खतराहरूको सामना गरिरहेका छन् ।

टेक्सास राज्यमा आँधी आएपछि सात लाख ३० हजारभन्दा बढी मानिस अझै पनि विद्युतविहीन बनेको पावर आउटेज डट युएसले जनाएको छ ।

त्यस क्रममा ग्राहकहरूको सङ्ख्या बढ्दै गयो र डलास काउन्टीमा मात्र तीन लाखभन्दा बढी मानिस विद्युत्विहीन बने । केन्टुकी, अर्कान्सस, वेस्ट भर्जिनिया र मिसौरी राज्यहरूमा एक लाख ६० हजारभन्दा बढी घर र व्यवसायहरू मङ्गलबार बिहानसम्म विद्युत्विहीन थिए ।

आइतबार अहिलेसम्मको सबैभन्दा व्यस्त मौसम दिन थियो । यसमा २० भन्दा धेरै राज्यमा तीव्र हावा वा असिनाको छ सयभन्दा बढी रिपोर्ट गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.