राजनीति

जनमत पार्टीको नौलो गणतन्त्रिक अवधारणा

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले गणतान्त्रिक व्यवस्थालाई व्यवहारिक र जनउत्तरदायी बनाउन हालको व्यवस्थालाई थप सुदृढ बनाएर लैजानुपर्ने आवश्यता औँल्याउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा जनमत पार्टीद्वारा आज भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उहाँले वर्तमान व्यवस्थाबाट जनताको समस्याको समाधान हुन नसकेकाले पार्टीले नौलो गणतन्त्रको अवधारणा ल्याएको बताउनुभयो ।

“मुलुकमा नेतातन्त्र हैन जनतातन्त्र हुनुपर्छ, जनताको वास्तविक समस्या समाधानका लागि नौलो गणतन्त्र आवश्यक छ”, अध्यक्ष राउतले भन्नुभयो ।

उहाँले जनताको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने र प्रत्यक्षरुपमा राष्ट्रपति चुन्न पाउने गणतान्त्रिक व्यवस्था अबको आवश्यकता हो भन्नुभयो ।

यसैबीच जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर आज नौलो गणतन्त्रको अवधारणा घोषणा गरेको जनाएको छ । अध्यक्ष राउतले अहिलेको व्यवस्थामा केही विकृतस्वरुप रहेकाले राजनीतिक स्थायित्व र जननिर्वाचित राष्ट्रपति हुने अवस्था सिर्जना गर्न अभियान घोषणा गरिएको बताउनुभयो ।

“प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्री हुनुपर्छ भन्ने पार्टीको धारणा छ । साथै व्यवस्थालाई सुधार्न सत्ता, सदन र सडकबाट दबाब दिने हाम्रो रणनीति र कार्यक्रम छ”, अध्यक्ष डा राउतले भन्नुभयो ।

औपचारिक कार्यक्रम अघि जनमतले काठमाडौँका विभिन्न स्थानबाट र्यालीसमेत निकालेको थियो । र्याली भद्रकाली, सहिद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटीमण्डपमा आयोजित सभामा समावेश भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.