जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलाली, भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मिनी ट्रकमा सवार धनगढी उपमहानगरपालिका मनेरा बस्ने ५५ वर्षीय जुगराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मिनि ट्रकमा सवार तीन जना मध्ये एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र दुई जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.