जन सरोकार

आफ्नै ठुलीआमाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बझाङ, बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.