जन सरोकार

लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ८ हजार यूरोसहित एक जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड व्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा ८ हजार यूरोसहित वंगलादेशी नागरिक २३ वर्षीय सायेद शोरिफुल हसनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बिमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट ढाका जान लागेका उनको व्यागलाई स्क्रिनिङ गर्ने क्रममा व्यागभित्र रहेको १ सय दरको ३० थान र ५० दरको १ सय थान यूरो फेला पारी उनलाई प्रकाउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बुधबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.