जन सरोकार

मृत अवस्थामा सात जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट सात जना फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक बैतडी दशरथचन्द नगरपालिका-६ ग्वालेक बस्ने ६० वर्षीय कर्ण बहादुर धामी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ३२ वर्षीय संजय राना सोही उपमहानगरपालिका-३ वडारास्थित नर्सरीको जंगलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । शनिबार घरबाट हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-७ बंगलामुखी टोल बस्ने ६७ वर्षीय शम्भुनाथ पोख्रेल आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, कीर्तिपुर नगरपालिका-१० स्थित टिनको टहरामा चन्द्रागिरी नगरपालिका-१५ बस्ने ५६ वर्षीय अनुप नेपाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै झापा, गौरादह नगरपालिका-७ स्थित पाटागाडा बस्ने ५५ वर्षीया फुलमाया सोरेन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । उता कास्की, पोखरा महानगरपालिका-३१ माझिकुना बेगनास तालको छेउमा सोही महानगरपालिका-३१ भन्ज्याङ डेरा गरी बस्ने बाँके राप्ती सोनारी गाउँपालिका-१ घर भएका २६ वर्षीय धन बहादुर कुमाल बुधबार मृत अवस्थामा फेला परेका छन् । तालमा माछा मार्ने क्रममा धन बहादुर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता काभ्रे, माहाभारत गाउँपालिका-८ पात्ले गाउँस्थित खोँचमा सिन्धुली मरिन गाउँपालिका-१ टुँडिखेल बस्ने ४५ वर्षीय सन्त बहादुर जिम्बा बुधबार मृत अवस्थामा फेला परेका छन् । गोरू खोज्न जाने क्रममा चिप्लिएर लडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.