राजनीति

सरकारमा सहभागिताबारे प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच छलफल

चुनावी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल भएको छ । जसपा नेता डा. सुरेन्द्रकुमार झाले अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जानकारी दिनुभएको छ ।

बैठकमा जसपाका केन्द्रीय कार्यसमितीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु हुनुहुन्छ, उपेन्द्र यादव पक्ष भने सहभागी छैनन् ।

ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने भएकाले प्रधानमन्त्रसंगको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो ।

यसैबीच जसपाका अर्का अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.