जन सरोकार

हत्या गरेको अभियोगमा पक्राउ

दैलेख, दुल्लु नगरपालिका-१२ दहसुनार टोल बस्ने ६१ वर्षीय मनबिरे सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय गणेश सुनारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले जेठ १ गते राति ढुङ्गा र हथौडा प्रहार गर्दा गम्भीर घाइते भएका मनबिरेको दुल्लु अस्पताल दैलेख हुँदै कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.