जन सरोकार

यौन क्रियाकलापमा लगाइएका तीन जनाको उद्धार

चितवन, भरतपुर महानगरपालिका-७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीन जनाको उद्धार गरिएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गेट अगाडि सञ्चालनमा रहेको ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो ।

यौन अपराध

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ । उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन् । रोजगारी लगाइदिने भन्दै उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको छ । होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । अर्का एक जना फरार रहेको प्रहरीले जनाएको छ ।

ढकाललाई चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.