जन सरोकार

बालिका बलात्कारीलाई आठ वर्ष कैद

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

राज्यप्रति आक्रोश पोख्दा...

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ ।

विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए । पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो ।

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.