जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-५ खैसास्थित माछा पोखरीको डिलमा रहेको झुपडीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय राजु सुनार समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ६ सय ८५ रूपैयाँ, ३४ बुक तास र ६५ वटा कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.