जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

दाङ र काभ्रेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दाङ, तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित सडकमा रा.१ ह ४०९६ नम्बरको अटो र रा.७ प २५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बबई गाउँपालिका-४ बस्ने ३० वर्षीय राजेश भण्डारी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३१ वर्षीय सागर केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको उनीहरूको नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै काभ्रे, बनेपा नगरपालिका-११ धनेश्‍वरस्थित सडकमा धनेश्‍वरबाट पाकुटोलतर्फ जाँदै गरेको बा.६ च ६३४० नम्बरको आईचर गाडी अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक काभ्रे पनौती नगरपालिका-५ ढलमले बस्ने ५२ वर्षीय बद्री बोगटीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शीरमेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.