खेलजापान

पत्रकार सम्मेलन वहिस्कार गरेपछि टेनिस स्टार ओसाका फ्रेन्च ओपनबाट बाहिर

जापानी टेनिस स्टार नाओमी ओसाकालाई फ्रेन्च ओपन ग्राण्ड स्लाममा आफ्नो पहिलो जितपछि आयोजित पत्रकार सम्मेलन वहिस्कार गरेको आरोपमा १५ हजार डलर जरिवाना गरिएको छ । साथै उनले प्रतियोगिताबाट बाहिरिएको घोषणा समेत गरेकी छिन् ।

पत्रकार सम्मेलन वहिस्कार गरेपछि आयोजकले मिडियासंग सम्बन्त्रित शर्तहरुको पालना नगरेमा प्रतियोगिताबाट बाहिरिनुपर्ने भावी दिनमा ग्राण्ड स्लाममा प्रतिबन्ध समेत लगाउन सक्ने चेतावनी दिएको थियो ।

आयोजकका अनुसार पत्रकार सम्मेलन ग्राण्ड स्लामको एक महत्वपूर्ण बिन्दु हो । खेलको नतिजा जस्तोसुकै भए पनि खेलाडीको आफ्नो जिम्मेवारी प्रशंसक तथा स्वयं आफ्नै लागि पनि निर्वाह गर्नुपर्छ भन्दै पत्रकार सम्मेलन पटकपटक वहिस्कार गर्दा खेलाडीलाई प्रतियोगिताबाट निस्काशन गर्न र ग्राण्ड स्लाममा प्रतिबन्ध नै लगाउन सकिन्छ ।

आइतबार फ्रेन्च ओपनको पहिलो राउण्डमा विजयी भएपछि ओसाकाले पत्रकार सम्मेलन वहिस्कार गरेपछि ग्राण्ड स्लाम प्रतियोगिताका चार शीर्ष अधिकारीहरुले संयुक्त वक्तव्य जारी जरिवाना गर्ने घोषणा गरेका थिए ।

केही दिन पहिले ओसाकाले ट्वीटरमा प्रतियोगितामा खेलपछि हुने सबै पत्रकार सम्मेलन वहिस्कार गर्ने घोषणा गरेकी थिइन् । उनले खेलाडीको मानसिक स्वास्थ्यको कसैलाई परवाह नभएको आफूलाई महसुस भएको बताएकी थिइन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.