अर्थ

पेट्रोलियम पद्धार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।

नेपाल आयल निगम

निगमद्वारा जारी प्रेस विज्ञप्तिमा शुक्रबार राति १ बजेदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ ।

त्यस्तै, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने हाललाई यथावत राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.