जन सरोकार

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । “उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।

घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.