जल/वातावरण

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

मौसम

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ ।

आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.