जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ, ललितपुर र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकमा बा.४ ख ४५६८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१४ बस्ने ६३ वर्षीया अम्बिका वाग्लेको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल ट्याम्पो पार्कस्थित सडकमा बा.८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा.५६ प ५०६५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ साकेला गाउँपालिका घर भइ ललितपुर लुभु बस्ने २६ वर्षीय लकेश राई र स्कुटर चालक काठमाडौं साँखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लकेशको बिएण्डबि अस्पताल ग्वार्कोमा र स्कुटर चालक आयुषको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै सिरहा, अर्नमा गाउँपालिका-४ गोतहा पुलस्थित सडकमा लक्ष्मिपुरबाट सिरहातर्फ जाँदै गरेको स.१० प ६३९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ बस्ने ३६ वर्षीय जितेन्द्र प्रसाद यादवको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगर मोरङमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.