जन सरोकार

मृत अवस्थामा १० जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट १० जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय यमन बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित चौतारामा सोही ठाउँ गायत्री टोल बस्ने ३७ वर्षीया गंगा बिक शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै झापा, मेचिनगर नगरपालिका-४ आमडागी टोलस्थित मंगोलम टि-स्टेट प्राइभेट लिमिटेडमा सेक्युरेटी गार्डको रूपमा काम गर्ने बुद्धशान्ती गाउँपालिका-३ घर भएका ५६ वर्षीय कृष्ण बहादुर प्रधान उक्त चिया फ्याक्ट्रीभित्र आफू सुत्ने क्वार्टरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३८ वर्षीय सुनिल पटेल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता म्याग्दी, रघुगंगा गाउँपालिका-७ चिमडाडा बस्ने ४३ वर्षीया बिष्णु छन्त्याल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यता सिन्धुली, सुनकोशी गाउँपालिका-६ रातोडाँडामा सोही गाउँपालिका-७ मतनबास बस्ने ७८ वर्षीय शंकर सिं गोले शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, कोटहीमाई गाउँपालिका-१ पतजियास्थित कच्ची बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-१३ रानिनगर टोलस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ ननखोरियास्थित सुख्खा कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-२० जनक चोकस्थित सडक पेटी छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.