जन सरोकार

ठूला व्यापारीहरुको लकडाउन 'टाइम पास' होटलमा क्यासिनो शैलीको जुवा

जुवाडे पक्राउ

विश्व नै कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका बेला ज्याला मजदुरी गर्नेहरुको दैनिकी कष्टकर बनिरहेको भए पनि व्यापारी र उच्च व्यक्तिहरुका लागि भने यो समय जुवातास खेल्ने र रमाइलो गर्ने समय बनेको छ ।

यसै क्रममा काठमाडौंमा उच्च व्यापारिक घरानाका व्यक्तिहरु होटलमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन् । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.