जन सरोकार

चौधरी उद्योग ग्रामको बियर र चाउचाउ उद्योग प्लान्टमा आगलागी

विश्वका खर्बपतिहरको सूचीमा रहेका नेपालका एकमात्र उद्योगपति विनोद चौधरीको पूर्वी नवलपरासीको देवचुलीस्थित चौधरी उद्योग ग्राममा बुधबार बिहानदेखि आगलागी भइरहेको छ । उद्योगको बियर र चाउचाउ उद्योग गर्ने प्लान्टमा आगलागी भएको हो ।

समाचार अनुसार बिहान साढे ८ बजे सुरु भएको आगलागी यो समाचारा तयार पार्दासम्म नियन्त्रणमा आएको छैन । सुरक्षाकर्मी र मजदुर दमकलसहित आगो निभाउन खटिएका छन् । आगो ठूलो भएकाले नियन्त्रणमा लिन समस्या भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख एसपी प्रकाश मल्लले बताउनुभएको छ ।

उहाँका अनुसार अनुसार बियर र चाउचाउ राख्ने कागजको काटुनमा आगो लागेकाले चाँडै फैलिएको छ । चौधरी ग्रुपका सहायक प्रबन्धक सुवास देवकोटाले कार्टुन गोदामबाट आगो सुरु भएर मुख्य भवनमा सरेको जानकारी दिनुभयो । आगो निभाउन चारवटा दमकलले प्रयास गरिरहेका छन् । त्यस्तै सेना र प्रहरी आगो नियन्त्रणमा खटिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.