क्रिकेटखेल

नवौं संस्करणको टी-२० विश्वकप क्रिकेट सुरु, उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

अमेरिका र क्यानडाबीचको खेलसँगै नवौं संस्करणको टी-२० विश्वकप क्रिकेट सुरु भएको छ । यद्यपि प्रतियोगिताको उद्घाटन समारोह भने विश्वकपको दोस्रो खेल सुरु अघि अर्थात् नेपाली समय अनुसार साँझ ६:४५ मा सुरु हुनेछ ।

नवौं संस्करणको टी-२० विश्वकप

जारी प्रतियोगिता अमेरिका र वेस्टइन्डिजको संयुक्त आयोजनामा भएको हो । यस विश्वकपमा नेपालसहित २० टिमको सहभागिता रहेको जहाँ २० टिमलाई ४ समूहमा विभाजन गरेर प्रतियोगिता हुनेछ ।

अमेरिकाले ३ भेन्युमा कुल १६ खेल हुनेछ । न्यूयोर्कमा ८ खेल हुँदा डालास र फ्लोरिडामा समान ४-४ खेल हुने छन् । त्यस्तै वेस्टइन्डीजका ६ भेन्युमा कुल ३९ खेल हुनेछन् जहाँ बारबाडोसमा ९ खेल हुँदा एन्टीगुऔमा ८, सेन्ट लुसियामा ६, गुयानामा ६, विसेन्टमा ५ र ट्रिनिडाडमा ५ खेल हुने कार्यतालिका रहेको छ ।

विश्वकपको नवौँ संस्करणमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग, दोस्रो खेल जुन ११मा श्रीलंकासँग र तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग खेल्नेछ भने चौथो तथा अन्तिम खेल भने जुन १६ मा बंगलादेशसँग खेल्नेछ ।

यसैगरी प्रतियोगिताको समूह ‘ए’ मा भने भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् भने समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहँदा समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.