खेलफूटबल

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल म्याड्रिडलाई, डर्टमुन्ड २-० ले पराजित

च्याम्पियन्स लिग फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा जर्मन क्लब बौउरुसिया डर्टमुन्डलाई २-० ले पराजित गर्दै रियलले १५ औं उपाधि जितेको हो ।

रियल म्याड्रिड

वेम्बली स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ७४ औं मिनेटमा डेनी कार्भाजेलले टोनी क्रुसको क्रसलाई आकर्षक हेड गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ८३ औं मिनेटमा जज बेलिङघमको पासलाई भिनिसियस जुनियरले गोल गर्दा टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप समयमा कुनै टोलीबाट गोल भएनर खेल रियलले २-० ले आफ्नो पक्षमा पार्यो । यद्यपि डर्टमुन्डले आधा दर्जन सुन्दर गोलका अवसर खेर फाल्दा रियललाई उपाधि दिलाउन वाध्य रह्यो । डर्टमुन्डका करिम एइड्यामीले पहिलो हाफमा दुई पटक वान भर्सेस वानमा गोल गर्न सकेनन भने निक्लास फुलक्रुगको एउटा प्रहार पोलमा लाग्न पुग्यो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.