क्रिकेटखेल

टी-२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात, क्यानडा ७ विकेटले पराजित

आइसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । आइतबार बिहान भएको खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै अमेरिकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टी-२० विश्वकप

अमेरिकाको डालासमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । क्यानडाको लागि नभनित धलिवालको ६१ र निकोलस कृटोनले ५१ रनको अर्धशतकीय पारी खेले भने दिलप्रित बजवाले ११ रन बनाउँदा एरोन जोनसोनले २३ रन जोडे ।

अमेरिकाको लागि अलि खान, हर्मित सिंह र कोरी एन्डरसनले समान १-१ विकेट लिए । क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य  पछ्याएको अमेरिकाले १४ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्‍याे । अमेरिकाको लागि एरोन जोनेसले ४० बलमा ४ चौका र १० छक्का प्रहार गर्दै ९४ रनको अविजित इनिङ खेले भने आन्द्रेस गौउसले ६५ रन जोड्दा कप्तान मोनक पटेलले १६ रन बनाए । क्यानडाका लागि कलिम साना, डिलोन ह्यालिन्गर र निखिल दतले समान १-१ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत आज दोस्रो खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनी (पिएनजी) नेपाली समय अनुसार राति ८ बजे भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.