कर्णालीप्रदेश

कोरोना संक्रमित बढ्न थालेपछि जुम्लामा तीनदिन निषेधाज्ञा

कर्णाली प्रदेशको जुम्लामाा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारदेखि तीनदिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले लकडाउन अत्यन्तै फितलो भएको निष्कर्ष निकाल्दै तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि २३ गते बेलकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको छ ।

यसैगरी, भारतबाट आउने मानिसहरू अत्यधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उल्लङ्घन भएका कारण जोखिम रोक्न सुरक्षा समिति यस्तो निर्णयमा पुगेको थियो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरूको पनि लकडाउनको पालना नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो ।

पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या बढिरहेको समयमा सबैले आआफ्नो घरमा लकडाउनमा बस्न जरुरी रहेको छ । भारतबाट आउने व्यक्तिहरूको पीसीआर नतिजा धमाधम पोजिटिभ देखिएपछि त्रास फैलिएको छ । जुम्लामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.