राजनीति

हाम्रो ७० दिन त्यसै खेर गयो : वास्तविक लकडाउन अब सुरु हुनुपर्ने !

सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन जेठ मसान्तसम्म कायम गरेको लकडाउनले कोरोना संक्रमण घटाउनुको साटो बढाएको छ । संक्रमितको संख्या २ हजार नाघेको छ भने लकडाउनका कारण जनजीवन निकै कष्टकर बनुका साथै बजार खुल्नुपर्ने मागसहित आन्दोलन हुन थालेको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्दै परीक्षण र क्वारेन्टाइन बढाउने तथा उपचारस्थलको बन्दोबस्त गर्नुको साटो लकडाउनलाई मात्र निरन्तरता दिंदा आम जनजीवन कष्टकर र आक्रोशित बन्न पुगेको छ । यसैको परिणाम हो जेठ २० सम्मको लकडाउन सकिएपछि काठमाडौंमा यातायातका साधन अत्यधिक चल्न थालेका छन् ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो ।

बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधनको आवागमन बढेको पाइएको छ । जडिबुटी, बबरमहल तथा सुन्धारा क्षेत्र केही बेर सवारी जामसमेत भएको थियो । प्रहरीले जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।

कोरोना संक्रमण रोकथामका लागि लकडाउनलाई मात्र उपाय मान्ने गल्ती गर्दा वितेको ७० दिनमा मुलुकले ठूलो आर्थिक घाटाा खेप्नुपरेको छ । तर यसबाट संक्रमण नियन्त्रणमा आउनुको साटो स्वास्थ्य संकटकालको अवस्था आउन लागेको छ । दुई हजारभन्दा बढी संक्रमित पुगेपछि संकटकालको स्थिति आउने विश्व स्वास्थ्य संगठनको मान्यता छ ।

यसबीचमा आर्थिक गतिविधिलाई नियन्त्रित रुपमा सुचारु गर्नुपर्ने माग उठिरहेको छ । लकडाउनको साटो नाका सिल गरेर शहरी क्षेत्रमा बजारहरु निश्चित मापदण्डका आधारमा खोल्नुको विकल्प छैन । यसमा व्यापक दवाव सिर्जना भएको छ । बुधबार राजधानीमा देखिएको सवारी चाप यसैको उपज हो ।

यति मात्र हैन जेठ २५ गतेभित्र कर तिर्न आन्तरिक राजश्व कार्यालयले सूचना जारी गरेपछि व्यापारीवर्गमा व्यापक आक्रोश उत्पन्न भएको छ । यसैको उपज हाृ मंगलबार जोरपाटीमा व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने मागसहित प्रदर्शन गरे भने बुधबार चावहिलमा त्यस्तै भयो । कर्णाली प्रदेशको राजधान िसुर्खेतमा त उद्योग वाणिज्य संघले बुधबारदेखि बजार खोल्ने घोषणा नै गरे ।

यी सबबाट सकारले एउटा स्पष्ट नीति र कार्ययोजना ल्याउनुको विकल्प छेन । लकडाउन गरेर अहिलेसम्म ढुक्क बसेको सरकारका लागि वास्तविक परीक्षा अब सुरु भएको छ । सरकारले वितेको ७० दिन खेर फालेको छ । अब कोरोना संक्रमण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने एकातिर छ भने अर्कातिर अर्थतन्त्रलाई पनि चलायमान गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.