जन सरोकार

दुई पक्षबीच झडप हुँदा १५ जना घाइते, प्रहरीले नियन्त्रणमा लिन नसकेपछि सेना परिचालन

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर बुधबार दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् । दुवै पक्षले एकअर्कामाथि लाठी, ढुङ्गा र घरेलु हतियारले आक्रमण गरेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट स्थिति नियन्त्रण हुन नसकेपछि नेपाली सेना घटनास्थल पुगेको थियो ।

स्थानीयवासी एंव जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले गणेशी मण्डलको जग्गाको पिलर उखेलेपछि पाँच दिनअघि भएको झगडाले उग्ररुप लिँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेमा इद्रिस मन्सुरी, मो उस्मान, ताहिर मन्सुरी, मो मुख्तार, मनीर मन्सुरी, महबुद मन्सुरी, वीरेन्द्रप्रसाद यादव, सीताराम दास, सजन साहलगायतका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.