जापान

सुपरमार्केटका फलफुल गिथोलेर बिगारेको आरोपमा बृद्द पक्राउ

जापानमा सानो सानो कानुन उल्लङ्घन लाई पनि ठुलो अपराध मानिन्छ । नाराकेन स्थित क्योरो पुलिसले ७१ बर्षीय बृद्दलाइ त्यहाँ स्थित एक सुपरमार्केटको किवी (एक प्रकारको फल) लाइ धेरै पटक चलाएर औलाले घोचेर बिगारेको आरोपमा पक्राउ गरेको छ ।

उक्त ब्यक्तिले सधै जसो सुपरमार्केटमा आउदै किवी, केरा, लगायतका अन्य फलफुलहरुलाइ औंलाले घोच्ने काम गरेका थिए । सुपरमार्केटको क्यामेरामा हेर्दा उनले १६ वटा फलफुलमा करिब ४१४५ येन मुल्यको रहेको जनाएको छ ।

पुलिसको अनुसार उक्त ब्यक्ति सोमबार पक्राउ परेका थिए भने उनले आफु मानसिक समस्याका कारण यस्तो कार्य गरेको स्वीकार गरेका छन । पुलिसका अनुसार उक्त ब्यक्तिले उस्तै काम गत अप्रिलमा करिब ३० पटक गरेको स्वीकार गरेका छन ।

पुलिसले उनलाई सुपरमार्केटको क्यामेराका फुटेजका आधारमा पहिचान गरि पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.