जापान
टोकियो महानगरबासीमा शतर्क रहन आव्हान, बार र नाइट क्लबका कारण चिन्ता
संकटकाल हटाइए पनि पछिल्लो समय टोकियोमा कोरोना भाइरस संक्रमणका घटना बढेसंगै महानगर सरकारले नागरिकहरुलाई शतर्क रहन आग्रह गरेको छ । नागरिकलाई शतर्क रहन आग्रह गरिए पनि आर्थिक गतिविधि भने यथावत राख्ने बताइएको छ ।
नागरिकलाई चेतावनी दिंदै टोकियोको प्रसिद्ध रेन्बो ब्रिज तथा टोकियो महानगर सरकारी भवनको उज्यालोलाई इन्द्रधन्षी रंगबाट बदलेर रातो बत्ती बालिएको छ । संकटकाल हटेको केही दिनपछि मंगलबार टोकियोमा ३४ जना कोरोना संक्रमित भेटिएका थियो । तीन हप्तामा ३० जनाभन्दा बढीलाई संक्रमण भएको यो पहिलोपटक थियो ।
संकटकाला हटाइएपछि संक्रमितहरुको संख्यामा न्यूनता नआएपछि टोकियो महानगर सरकार बार तथा नाइट क्लबहरुका कारण भने चिन्तित छ । यसका लागि विशेषज्ञहरुसंग आवश्यक परामर्शमा महानगर लागिरहेको छ ।