जन सरोकार

सुडानमा अदम्य साहस प्रदर्शन गर्ने सहसेनानी विज्ञान विष्टलाई राष्ट्रसंघबाट प्रशंसापत्र

संयुक्त राष्ट्र सङ्घका महासचिवले दक्षिण सुडानमा तैनाथ कालीध्वज गण (शासे) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई जातीय हिंसात्मक झडप रोक्न अदम्य साहस र पहलकदमी लिएकामा कदरस्वरुप प्रशंसापत्र प्रदान गरेको छ ।

जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रेको सो मुलुकमा त्यस्ता घटनाको पुनरावृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकले पुर्याएको योगदानलाई राष्ट्र सङ्घले उच्च प्रशंसा गरेको हो ।

अस्थायी परिचालनका लागि तैनाथ नेपाली शान्ति सैनिकले गत मङ्सिरमा क्यइवेत नजीक हतियारधारी जातीय समूहबीच उत्पन्न भएको हिंसात्मक झडपमा बफर जोनका रुपमा परिचालन भई कार्य गरेको जनाउँदै राष्ट्रसङ्घीय महासचिवबाट प्रशंसापत्र प्राप्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेना शान्ति सैनिकले छोटो समयमा लिएको अदम्य साहस र पहल कारण त्यहाँ ठूलो जनधनको क्षति हुनबाट जोगिएको थियो । सम्भावित ठूलो जातीय हिंसात्मक झडप हुनबाट रोक्न सफल भएकामा उक्त कार्यको कदरस्वरुप सहसेनानी विष्टलाई प्रशंसापत्र प्राप्त भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.