राजनीति

राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा)को महन्थ-राजेन्द्र समूह सरकारमा सामेल हुने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच सरकारमा सामेल हुने बारेमा भएको छलफलपछि सरकारमा जाने निश्चित भएको हो ।

प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको मत नदिएर समर्थनमा उभिएको महन्थ-राजेन्द्र पक्षबाट पार्टीको वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए । जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.