जन सरोकार

अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा दाङ घोरही उपमहानगरपालिका-९ घर भई काठमाडौं मित्रनगर बस्ने २१ वर्षीय विरबल घर्ती मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितलाई आइफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, डलर सहितको लगेज कुरियर मार्फत पठाएको छु भनि कस्टम चार्ज, एण्टी मनी लाउन्डरिङ्ग जस्ता प्रयोजनमा चार्जको लागि रकम लाग्छ भनी बैंक खातामा १६ लाख ६२ हजार रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.