राजनीति

राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने भन्दै प्रश्न उठाएपछि प्रतिनिधिसभा बैठक मंगलबार १५ मिनेट स्थगन भयो ।

राप्रपाले संसद्मा अर्थमन्त्री खोजेपछि

बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थितिबिना आफू नबोल्ने भनेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगन गर्नुभयो ।

सभामुखसँग समय लिएर राप्रपाका सांसद ज्ञानबहादुर शाहीले बजेटसम्बन्धी छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै आगामी बैठकमा उहाँको उपस्थिति अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो । सभामुखले अर्थमन्त्री बजेटबारे जवाफ दिन राष्ट्रियसभा जानुभएको जानकारी दिए पनि राप्रपाका सांसदले आसनबाट उठेर विरोध जनाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.