जन सरोकार

मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । डोटी, पूर्वीचौकी गाउँपालिका-२ रिखाडास्थित बाटोमा सोही ठाउँ बस्ने ५२ वर्षीय मान बहादुर साउँद मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै तनहुँ, आँबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित मर्स्याङ्दी नदी किनारमा ब्यास नगरपालिका-२ सत्यवति टोल बस्ने ६९ वर्षीया धन कुमारी मल्ल ठकुरी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै सिरहा, गोलबजार नगरपालिका-८ चोहर्वा बस्ने ४५ वर्षीया मखी सदा सोही नगरपालिका-६ स्थित टहरामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता अर्घाखाँची, सन्धिखर्क नगरपालिका-६ उपल्लो जगता बस्ने ५४ वर्षीय भिम बहादुर खत्री क्षेत्री आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता प्युठान, सरूमारानी गाउँपालिका-१ सुनघाटस्थित राप्ती नदीमा सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम बहादुर धामी सोमबार मृत अवस्थामा फेला परेका छन् । नदीमा नहाउने क्रममा बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै जाजरकोट, भेरी नगरपालिका-११ हुक्काडोलास्थित भेरी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.