जन सरोकार

सन्तराम र सपनाको कोठाबाट विभिन्न धनमाल चोरी

काठमाडौँका विभिन्न स्थानबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं, टोखा नगरपालिका-१० गणेशस्थान डेरा गरी बस्ने गोरखा भिमसेनथापा गाँपालिका-८ घर भएका सन्तराम श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २ सय रूपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

त्यस्तै काठमाडौं, ताकेश्वर नगरपालिका-८ जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डंगोलको कोठाबाट कोही नभएको अवस्थामा ७ तोला बराबरको सुनका विभिन्न गहरगहना सोमबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.