जल/वातावरण

जुम्लामा क्यारेन्टिनमा बसेकै भोलिपल्ट एकजनाको मृत्यु

जुम्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिको मृत्यू भएको समाचार छ । जिप्रका जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाईनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको दिनुभयो ।

धामीका अनुसार निज बिहिबार मात्रै बाहिरबाट आएका भन्ने खबर आएको छ र वाँकी प्रहरी त्यहाँ पुगिसकेको र निजको स्वाब र अन्य जानकारी लिन वाँकी रहेको छ । अहिले कर्णाली प्रतिष्ठानको टोली त्यहाँ जाने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक वडा नं ८ का बासिन्दा भन्ने सुन्न आएको र आफु घटना स्थलमा जादै गरेको र उनि बर्दियामा बसोबास गरेका र दमको रोगी भएकाभन्ने खबर आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.