राजनीति

सन्दीप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी जानकारी गराउन माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद शङ्कर भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको सन्दर्भमा भइरहेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद सरस्वती बजिमयले सहकारी पीडित जनतालाई न्याय दिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सरस्वती सुब्बाले मनसुनी विपद्को जोखिम न्यूनीकरणका लागि बेलैमा आवश्यक तयारी गर्न माग गर्नुभयो ।

सांसद शङ्कर भण्डारी

सांसद सीता मिजारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याजेज हराउन, चोरी हुनेजस्ता घटना बढिरहेको भन्दै समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुनिता बरालले विद्युत् आपूर्ति सहज नहुँदा २४ घण्टा सञ्चालन हुने उद्योग कलकारकाना सञ्चालनमा कठिनाइ भइरहेको भन्दै उद्योग सञ्चालनको सहजीकरणका लागि सभामुखमार्फत सरकारको धयनाकर्षण गराउनुभयो ।

सांसद सुशीला थिङले सदनमा कतिपय सन्दर्भमा असंसदीय अभ्यास हुनेगरेको भन्दै सदनलाई मर्यादित ढङ्गले सञ्चालनको वातावरण बनाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला श्रेष्ठले तमोर करिडोर बाटो निर्माण चाँडो सम्पन्न गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सोबिता गौतमले काठमाडौँ उपत्यकामा भइरहेको खानेपानीको अभाव समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद सुहाङ नेम्वाङले जेठ २१ गते इलामको चुलाचुलिस्थित रतुवाखोलामा पुल निर्माणको कार्य शीघ्र सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु सांसद सञ्जयकुमार गौतम, सूर्य थापा, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सरिता भुषाल, शान्ति चौधरी, सीताकुमारी राना, सोनु मुर्मु, सांसद हर्कमाया विश्वकर्माले विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.