जन सरोकार

२ किलो ५ सय ग्राम गाँजा बरामद

बारा, सिम्रौनगढ नगरपालिका-११ भगवानपुरबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

गाँजा

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले कोईलिडीबाट सिम्रौनगढतर्फ जाँदै गरेको बा.५२ प ७९४७ नम्बरको मोटरसाइकल रोक्न खोज्दा २ जना व्यक्तिहरूले मोटरसाइकल छाडी फरार भएपश्‍चात मोटरसाइकल जाँच गर्दा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.