जन सरोकार

करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

जाजरकोट, भेरी नगरपालिका-७ दोकाना जोगीचौर भन्ने स्थानमा स्काभेटरले बाटो बिस्तार गर्ने क्रममा छेउमा रहेको विद्युतको पोलको तारबाट करेन्ट लागेर स्काइभेटर चालक कैलाली चुरे गाउँपालिका-१ बस्ने २६ वर्षीय राजेन्द्र राना मगरको मंगलबार साँझ मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

स्काभेटर छेउमा रहेको विद्युतको पोलमा लाग्दा स्काभेटरको बकेटमाथि चढि तार छुट्याउने क्रममा करेन्ट लागेर राजेन्द्रको घटनास्थलमै मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका सहचालकलाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्जतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.