जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-५ स्थित सडक किनारमा हाल वतन नखुलेका ३९ वर्षीय दिपेश लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै काभ्रे, पाचँखाल नगरपालिका-९ धान्द्रेखोलास्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै रोल्पा, सुनिलस्मृति गाउँपालिका-३ नमिजिङ बस्ने कुमार ओलीको छोरा ५ वर्षीय अमृत ओली सोही ठाउँस्थित पुतली पँधेरो सिंचाई पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सोमबार दिउँसो घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.