जन सरोकार

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

पर्सा र मोहत्तरीबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-१५ बाईपासस्थित जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले स्रोत नखुलेको रकम ५ लाख ९० हजार रूपैयाँसहित भारत बिहार राज्य पूर्वीचम्पारण रक्सौल-२० कुम्हरियाटोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । त्यस्तै महोत्तरी, सम्सी गाउँपालिका-१ स्थित प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले स्रोत नखुलेको २ लाख २१ हजार भारतीय रूपैयाँसहित सम्सीबाट गौशलातर्फ जाँदै गरेको प्र.२-०२-००२ प २९८३ नम्बरको मोटरसाइकलमा सवार गौशाला नगरपालिका-११ बस्ने ४१ वर्षीय रमेश कुमार यादव र सोनमा गाउँपालिका-२ बस्ने ४१ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.