डब्लुएचओको पुरानो भनाई गलत- जस्तो भए पनि माक्स अनिवार्य लगाउन सुझाव
माक्सको प्रयोगले कोरोनााभाइरस संक्रमण रोक्छ भन्ने कुनै ग्यारेन्टी नभएको भन्दैआएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अब भने सामान्य माक्र्स पनि उपयोगी हुने निष्कर्ष निकालेको छ ।
(डब्लुएचओ)ले अहिले आएर आम मानिसलाई सार्वजनिक स्थानमा कपडाकै भए पनि मास्क लगाउन सल्लाह दिएको छ ।
स्मरणीय के छ भने डब्लुएचओले यसअघि माक्र्स लगाएर संक्रमण रोकिन्छ भन्ने प्रमाण नभएको भन्दै आएकोमा अब आएर मास्क लगाउँदा सम्भावित सङ्क्रामक छिटालाई एकजनाबाट अर्कोमा सर्नमा अवरोध हुने भन्दै माक्सको प्रयोग गर्न अनुरोध गरेको हो ।
डब्लुएचओकी प्राविधिक विज्ञ डा मारिया भान कर्खोभले रोयटर्स समाचार संस्थासँग कुरा गर्दै पछिल्लो सुझाव हालैका हप्ताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित रहेको बताउँदै आफूहरूले आम मानिसलाई कपडाको न कि मेडिकल मास्क लगाउन सुझाएको र सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्