क्रिकेटखेल

टी-२० विश्वकप : युगान्डाद्वारा पिएनजी पराजित

आइसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘सी’ को खेलमा युगान्डा विजयी भएको छ । बिहीबार बिहान भएको खेलमा युगान्डाले पपुवा न्युगिनी (पिएनजी) लाई ३ विकेटले पराजित गरेको हो ।

युगान्डाद्वारा पिएनजी पराजित

टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी १९.१ ओभरमा अलआउट हुँदै ७७ रनमा समेटियो । पिएनजीका लागि हिरीहिरीको १५ रन सर्वाधिक रह्यो भने लेगा सिएका र किप्लीङ दोरीगाले समान १२-१२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । युगान्डाका लागि अल्फेस रामजानी, कोमास क्युवाटा, जुमा मियागा र फ्रान्क नस्बुगाले समान २-२ विकेट लिए भने ब्रियन मासाबाको भागमा एक विकेट रह्यो ।

पिएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य पछ्याएको युगान्डाले १० बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्यो । युगान्डाका लागि रियजाद अली साहाले ३३ रन बनाए भने जुमान मियागीले १३ रन जोडे । पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुई-दुई विकेट लिए भने चाद सोपर र असाद भालाको भागमा समान १-१ विकेट रह्यो । यसअघि भएको आफ्नो पहिलो खेलमा दुबै टिम पराजित भएका थिए। पहिलो खेलमा युगान्डा अफगानिस्तानसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित हुँदा पिएनजीले वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.